बेवारिसे बम विस्फोटको घटनापछि शोकमा फालेलुङ

भाद्र २१, २०८१ |लक्ष्मी गौतम
बेवारिसे बम विस्फोटको घटनापछि शोकमा फालेलुङ

पाँचथर । मुलुक शान्ति प्रक्रियामा अघि बढेको दुई दशक पुग्न लागे पनि द्वन्दकालमा बेवारिसे छोडेका विस्फोटक पदार्थ विष्फोट भएर निहत्था नागरिक अनि अबोध बालबालिकाको ज्यान जान रोकिएको छैन ।

पाँचथरमा मात्रै पछिल्ला पाँच वर्षमा बेवारिसे बम विष्फोटका चारवटा घटना भए । जसमा दुई जनाको ज्यान गयो भने ६ जना घाइते भए । 

गत भदौ १३ गते फालेलुङ ५ प्राङवुङको डाडागाउँमा भएको विष्फोटमा २ जना बाल बालिकाको ज्यान जानुका साथै २ जना गम्भीर घाइते भए । घट्ना पछि सिङ्गो फालेलुङ त्रसित छ । 

विस्तृत रिपोर्ट भिडियोमा


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement