श्वेत श्रमिकको मर्म डेमोक्रेटिक पार्टीले बुझ्दैन् : डनल्ड ट्रम्प

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्वेत श्रमिकको मर्म डेमोक्रेटिक पार्टीले बुझ्दैन् : डनल्ड ट्रम्प

काठमाडौं । अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डनल्ड ट्रम्पले "ग्रामिण श्वेत श्रमिक"हरुको मर्म आफ्नो महत्वपुर्ण मुद्धा भएको बताउनु भएको छ ।

चुनावी नतिजाका हिसाबले महत्वपुर्ण मानिएको विस्कनसिन राज्यमा एक सभालाइ सम्बोधन गर्दै पूर्वराष्ट्रपति ट्रम्पले ग्रामिण क्षेत्रका श्वेत श्रमिक हरुको मर्म आफुले राम्रो सँग बुझेको बताउनु भएको हो ।

आफ्नो सम्बोधनमा ट्रम्पले आप्रवासीहरुले अमेरिकीहरुको जागिर खोसिरहेको आरोप लगाउनुका साथै आफु निर्वाचित भएमा आप्रवासनमा कडाइ गर्ने वाचा गर्नुभएको थियो । झन्डै ४० हजार जनसंख्या रहेको वाउसाउ सहरमा सम्बोधन गर्दै ट्रम्पले श्वेत श्रमिकहरुको मुद्धा डेमोक्र्याट र ह्यारिसले नबुझ्ने र नउठाउने दावी समेत गर्नुभयो ।

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ट्रम्पले डेमोक्र्याटिक पार्टीका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँग प्रतिष्पर्धा गरिरहनु भएकोछ ।

राजनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको विस्कनसिन राज्यमा ट्रम्प र ह्यारिस दुवै आफ्नो मत बढाउने प्रयासमा लागिपरेको अन्तरराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement