अर्घाखाँची । आहाराको खोजीमा गाउँ पस्ने जंगली जनावरको उपद्रोले पहाडका किसानले दुख पाउन थालेको धेरै भइसकेको छ । स्थानीय सरकारदेखि संघिय संसद र सरकारले पटक-पटक कुरा गरेपनि समस्या भने बरु झनझन बढिरहेको छ ।
छत्रदेब बल्कोटका शालिकराम खनाल र कमला बिकको जस्तै पिडा अर्घाखाँचीका अधिकांश ग्रामीण क्षेत्रका किसानहरुका छन् । पाणिनी ,ढिकुरा ,बल्कोट ,किमडाँडा, अर्घा, वाङला पाली ,शितगंगा लगायतका गाउँका किसान बाादरको हैरानी झेल्न बाध्य भएका छन् । ठूलो समूहमा बाादर बारीमा पस्न थालेपछि गाउँलेहरू चौकीदारी गरेरै बाली जोगाउन लागिपरेका छन् ।
दिउँसो बाँदर अनि रातभरि मृग, दुम्सी र बादेलजस्ता जनावरसँग बालीनाली जोगाउन किसनलाई हम्मे हम्मे पर्छ । जंगली जनावरबाट बाली जोगाउन किसान खेतबारीमै रात बिताउछन । पहाडी क्षेत्रमा बढ्दो बसाइसराइले गाँउनै खाली भएपछि जंगली वन्यजन्तु दिने दुख झनै बढेको हो । पहिले,पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ ।
बाँदरको आतंकले खेतीपाती स्याहार्न कृषकलाई फलामको चिउरा चपाएको जस्तै छ । रैथाने मकैबालीको विकल्पमा अन्य खेतीको विस्तार केही स्थानमा सुरु गरे पनि धेरै किसानहरुले न बैकल्पिक खेति गर्न न सकेका छन न त बादरबाट बच्च उपायनै । जनताले जंगली जनवारबाट पाउनु दुख पाएपनि सरकारले भने केहि गर्न सकेको छैन ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अनुसार जिल्लाभर १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । तर बाँदर लगायतका वन्यजन्तुले नष्ट गरिदिँदा किसानले अपेक्षाकृत रुपमा उब्जनी गर्न सकेका छैनन् । कृषि ज्ञान केन्द्रका अनुसार वन्यजन्तुले वर्षमा ५ करोड रुपैयाँ बराबरको मकै नोक्सान गर्ने जनाएकको छ ।
कृषि बालीमा जनावरले क्षति गरेमा नजिकैको प्रहरीबाट सर्जिमिन मुचुल्का, कृषि प्राविधिकको क्षति मूल्यांकनसहित जग्गा धनीपुर्जा, नागरिकता, क्षतिको फोटोसहित सब डिभिजन वन कार्यालयमा पीडित किसानले निवेदन दिएपछि क्षतिको आधारमा कार्यविधिबमोजिम १० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने भने पनि बजेट अभाव भन्दै अहिलेसम्म कसैले पनि क्षतीपुर्ती पाउन सकेका छैनन् ।