राप्तीको डुबानले बाँकेको डुडुवाका तीन हजार बासिन्दाको दैनिकी कष्टकर

असार २६, २०८१ |जे पाण्डे
राप्तीको डुबानले बाँकेको डुडुवाका तीन हजार बासिन्दाको दैनिकी कष्टकर

बाँके । राप्ती नदीको बाढी पसेर डुबान र कटानको चपेटमा परेको डुडुवा गाउँपालिका १ मा पर्ने  कृषि चौफेरी, बोर्डर चौफेरी, रामनगरपाँझा र छिटैपुर्वालाई नेपालगन्जसँग जोडने सबै सडकहरू भत्किएका छन् । निर्माणाधीन  कल्भर्डहरु ठाउँ ठाउँमा बगेका छन् । बिजुलीका अधिकांश खम्बाहरू भाँच्चिएका र बगेका छन् । जसले कारण  करिब तीन हजार बासिन्दाको दैनिकी निकै कष्टकर बनेको छ । खाद्यान्न र काठ दाउरा ओसारपसार गर्न नपाउँदा कतिपयले  खाना पकाउन समेत पाएका छैनन् । 


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement