रुकुम पश्चिम । नेपालमा जातीय र भाषिक विविधता जति धेरै छन्, उति नै विविध संगीत पनि छन् । संगीतभित्रको यो विविधता हाम्रो देशको सांस्कृतिक पहिचानको आधार बन्न सक्छ । तर यस्ता संगीत विभिन्न कारणले नेपाली संगीत मानिने भन्दा भाषिक, क्षेत्रीय वा जातीय संगीतका रुपमा मात्र सीमित गरिएको छ । जसका कारण रैथाने संगीतले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको छैन ।
संगीतको लहरोमा रैथाने संगीत सबैभन्दा माथि हो । नेपालमा जातीय र भाषिक विविधता जति धेरै छन्,उति नै धेरै छन् संगीत पनि । संगीत भित्रको यो विविधता नेपालको सांस्कृतिक पहिचानको आधार बन्न सक्छ । तर यस्ता संगीत विभिन्न कारणले नेपाली संगीत मानिनेभन्दा भाषिक, क्षेत्रीय वा जातीय संगीतका रुपमा सीमित गर्न खोजिएको छ । यसको संरक्षण र सम्बद्धनका लागि प्रयास त भएका छन् तर ती पुग्दा छैनन् ।
विभिन्न भाषा र जातिले अँगाल्दै-बचाउँदै आएको नेपाली रैथाने गीत-संगीतलाई मनोरञ्जनभन्दा माथि उठेर हेर्न नसकिएकाले यसको संरक्षण र सम्बद्धनमा चुनौती थपिएका छन् । पूर्वमा हाकपारे, पालाम र मारुनी गुञ्जिँदा, उपत्यकामा नेवारी संगीत गुञ्जिन्छ । मध्यमा सालैजो र दोहोरी गुञ्जिँदा मधेसतिर मैथली र थारुको लोक लयमा रमाउन पाईन्छ ।
अनि मध्यपश्चिमतिर बनगारी भाकामा कम्मर मर्काउदै नाचेर सुदूरपश्चिम आए देउडाको लहरोमा मिसिन पाईन्छ । बडो गजबको छ हाम्रो रैथाने संगीत । यसलाई चिनौं अनि चिनाऔं । संगीतको शक्ति त्यसमा पनि रैथाने संगीतको शक्तिको दाँजो अरु सँग हुँदैन ।