आजका मुख्य समाचार,
* ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमामा एमाले पदाधिकारीबीच कित्ताकाट / पोलिटव्युरो बैठकमा पनि पक्ष विपक्षमा बहस / संशोधन प्रस्ताव पारित गराउने संस्थापनको रणनीति ।
* न्यायालय पुनर्संरचनामा काम गर्नुपर्ने राजनीतिक नेतृत्व नै सुधारमा बाधक / न्यायाधीश नियुक्ति प्रक्रियादेखि न्यायिक नेतृत्वको इच्छा शक्तिमा समेत समस्या ।
* वैदेशिक रोजगारीमा ठगी बढ्दो / एक वर्षमै ५ हजार ६ सय ३२ उजुरी वैदेशिक रोजगार विभागमा दर्ता / ३२ करोड रुपैयाँभन्दा बढीको माग दाबी ।
* अमेरिकी संसदद्वारा विदेशी सहायता र सार्वजनिक प्रसारण संस्थालाई दिइने ९ अर्ब डलर कटौती सम्बन्धी विधेयक पारित / राष्ट्रपति ट्रम्पको हस्ताक्षर लगत्तै कानुन बन्ने ।
* एभरेष्ट महिला भलिबलको अक्सनमा ४२ खेलाडी बिक्री / ५ खेलाडीलाई सर्वाधिक जनही १ लाख ३२ हजार मूल्य / प्रतियोगिता भदौ २० देखि पोखरामा ।