Kantipur Samachar | कान्तिपुर समाचार, ३२ असार २०८२

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ३२ असार २०८२

आजका मुख्य समाचार,

* शिथिल अर्थतन्त्रमा सुधारका संकेत / मागमा आएको वृद्धिले उद्योगको उत्पादन र निर्यातसमेत बढ्यो / लगानी विस्तारका लागि भने बजेट कार्यान्वयन गर्न सुझाव ।

* दलदेखि पीडितसम्मको स्वार्थले संक्रमणकालीन न्याय प्रक्रिया लम्बिएको लम्बियै / आयोगका पदाधिकारी नियुक्तिमा पीडित विभाजित / निष्पक्ष न्याय दिन आयोगलाई चुनौती ।

* धनुषाको विदेह नगरपालिकाका मुसहर समुदायका लागि झण्डै ७ करोड लगानीमा ५६ वटा पक्की घर बनाइँदै / चुहिने छाप्रोमा बस्दै आएका विपन्न समुदायमा उत्साह ।

* अमेरिका र इण्डोनेसियाबीच नयाँ व्यापार सम्झौता / इण्डोनेसियाबाट आयात हुने वस्तुमा अमेरिकाले १९ प्रतिशत कर लगाउने / इण्डोनेशिया जाने वस्तुमा भने शुल्क नलाग्ने ।

* सप्तरी प्राइड लिगको उपाधिका लागि राजविराज र तिरहुट टाइगर्स भिड्ने / वर्षाका कारण दुवै सेमिफाइनल खेल रद्द हुँदा समूह विजेता टोली सिधै फाइनलमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.