प्रदेश विशेषमा आज,
* सिरहाको कल्याणपुर नगरपालिका प्रमुख रामपुकार साह एक लाख घुससहित पक्राउ / पद स्वत: निलम्बित ।
* धनुषाको विदेह नगरपालिकामा मुसहर समुदायका लागि पक्की घर बन्दै / चुहिने छाप्रोबाट मुक्त हुने आशा ।
* अत्यावश्यकबाहेक बिदामा नबस्न कर्मचारीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको निर्देशन / लगानी सम्मेलनको तयारीमा जुट्न आह्वान ।
* सिद्धबाबा सुरुङ्मार्गको काममा ढिलासुस्ती / २०८३ चैतमा सक्नुपर्ने आयोजनाको भौतिक प्रगति साढे ५७ प्रतिशत ।