आजका मुख्य समाचार,
* सरकारका एकपछि अर्को मन्त्रीलाई घुस मोलमोलाइको आरोप / कारबाही अगाडि नबढ्दा सफाइ पेश गर्दै / कार्यसम्पादन कमजोर भएपछि मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी ।
* पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न एमालेको संस्थापन पक्ष काउन्टर रणनीति बनाउँदै / वरिष्ठ उपाध्यक्ष हटाउने र पदाधिकारीसमेत घटाउने प्रस्ताव / ध्रुवीकरण तीव्र ।
* शिक्षा विधेयक अनिश्चयको भूमरीमा / मन्त्रीले नै समय नदिएपछि शिक्षा समितिको बैठक बस्नै सकेन / चालु अधिवेशनबाट पारित हुनेमा आशंका ।
* इराकको कुट शहरस्थित सपिङ सेन्टरमा भएको आगलागीमा ६० जनाको मृत्यु / तीन दिने राष्ट्रिय शोक घोषणा / सपिङ सेन्टरका मालिकलाई कारबाही गर्ने सरकारको चेतावनी ।
* साफ अन्डर–ट्वेन्टी महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालको ७-० को जित / समीक्षा मगरको दुई गोल / उपाधि जित्ने सम्भावना कायमै ।