इँटा भट्टा काण्डमा सफाइ पाएका पूर्वमन्त्री आलमविरूद्ध सर्वोच्चमा पुनरावेदन

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
इँटा भट्टा काण्डमा सफाइ पाएका पूर्वमन्त्री आलमविरूद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । इँटा भट्टामा जिउँदै मान्छे जलाएर बम विस्फोटको घटनालाई सामसुम पार्न खोजेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका तर उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले शुक्रबार सर्वोच्चमा पुनरावेदनका लागि निवेदन पेस गरेको हो । आइतबार पुनरावेदन दर्ता हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो।

उक्त फैसलाविरुद्द चौतर्फी आलोचना भैरहेको छ । पीडित पक्षले न्याय नपाएको गुनासो गरिरहेका छन् । सर्वोच्च अदालतले फैसला सुनाउने उच्च अदालतका दुई न्यायाधीशलाई सर्वोच्चमा झिकाएको छ । न्याय परिषदले अनुसन्धान गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.