एभरेष्ट महिला भलिबल लिगको अक्सन

श्रावण २, २०८२ |खेल ब्युरो
एभरेष्ट महिला भलिबल लिगको अक्सन

काठमाडौं । काठमाडौंमा सम्पन्न एभरेष्ट महिला भलिबल लिगको ऐतिहासिक अक्सनबाट सहभागी सबै ६ टोलीले विभिन्न ३ क्याटेगोरीका नेपाली खेलाडी अनुबन्ध गरेका छन् । क्लबहरूले अक्सनअघि नै मार्की खेलाडी चयन गरिसेका थिए ।

निरुता ठगुन्ना मार्की खेलाडी रहेको मधेश युनाइटेडले ए क्याटेगोरीबाट आरती सुवेदी, बी बाट कोपिला राना, सरस्वती कट्टेल र उषा बिष्ट तथा सी बाट बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्नालाई टिममा सामेल गरेको छ ।

यस्तै मार्की खेलाडीका रूपमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको डिफेन्डिङ च्याम्पियन कर्णाली यशविसले ए श्रेणीबाट सफिया पुनलाई अनुबन्धित गर्दा बीबाट रश्मित दुरा, जश्ना महतो र पूजा थारूलाई टिममा सामेल गरेको छ । नेबिका चौधरी, रेबिका लामा तमु र एलिशा भोजु सी क्याटेगोरीको खेलाडीको रूपमा कर्णालीसँग जोडिए ।

प्रगति नाथलाई मार्की बनाएको नव प्रवेशी पोखरा निन्जाजले ए क्याटेगोरीबाट पुनम चन्द तथा बी बाट मीना सुनार, सुनिता खत्री र गरिमा बोहरालाई अनुबन्धित गरेको छ । सी क्याटेगोरीबाट एन्जिला प्रधान, निशा महर र भावना तामाङ पोखरामा सामेल भएका छन् ।

साविक उपविजेता ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई मार्की खेलाडीका रूपमा निरन्तरता दिँदा ए क्याटेगोरीबाट संगम महतो, बीबाट लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगर तथा सी क्याटेगोरीबाट निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टिममा समावेश गरेको छ ।

उषा भण्डारी मार्की रहेको काठमाडौं स्पाइकर्सले ए क्याटेगोरीबाट कबिता भट्टलाई टिममा सामेल गर्दा बीबाट मनिषा चौधरी, यमुना रसाइली र रिमा कुवर अनुबन्धित गरेको छ । 

सी क्याटेगोरीबाट बाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्री काठमाडौंमा सामेल भएका छन् । यसै वर्ष एभरेष्ट महिला भलिबल लिगमा डेब्यू गर्न लागेको लुम्बिनी लाभाजले अरुणा शाहीलाई मार्की खेलाडी चयन गर्दा ए क्याटेगोरीबाट कामना विष्ट बी क्याटेगोरीबाट एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा बिक र सी क्याटेगोरीबाट रोमा महतो, रञ्जना भोटो र अनुशा चौधरीलाई टिममा सामेल गरेको छ ।