कान्तिपुर समाचार, १६ मंसिर २०८०

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १६ मंसिर २०८०

आजको मुख्य समाचार:

* जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई न्याय दिन प्रधानमन्त्री दाहालले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण / विकसित मुलुकले प्रतिबद्धता पूरा नगरेको आरोप ।

* आठ वर्षमा सक्ने भनिएको मध्यपहाडी लोकमार्गको काम १५ वर्ष बित्दा पनि ७२ प्रतिशतमै सीमित / ३३ अर्बको लागत बढेर ८४ अर्ब पुग्यो ।

* मध्य मङ्सिरसम्म पनि राष्ट्र बैंकले गरेन मौद्रिक नीतिको समीक्षा / कर्जाको पुनर्संरचना गर्न निजी क्षेत्रको माग/ विज्ञ भन्छन्– ब्याजदर घटाउँदा पुँजी पलायनको जोखिम ।

* गाजामा इजरायलको भीषण आक्रमण जारी / दुई दिनमा १ सय ९३ प्यालेस्टिनी मारिएको हमासको दाबी/ ४ सय केन्द्र इजरायली सेनाको निशानामा ।

* सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन नेपाललाई १२ स्वर्ण / १५ स्वर्ण जितेको भारत पदक तालिकाको शीर्ष स्थानमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.