राजनीतिक दलहरू जनता भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

वैशाख २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलहरू जनता भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले पूर्वसभामुख रानाभाटले नेपालका राजनीतिक दलहरू मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरूको ऋणसँग बढी झुकेको बताउनु भएकाे छ । 

राजनीतिक दलहरूले यसलाई मेटाउन सक्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो स्वार्थ भन्दामाथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने उहाँकाे सुझाव छ । शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले न्यायपालिका बाहेकका अरू सम्पूर्ण निकायहरूलाई कडा ढंगले सुझाव दिनुपर्ने बताउनुभयो । उहाँले नेपालका राजनीतिक दलहरूमा कार्यकर्ताहरू आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताउनुभएको छ ।

उहाँले राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरूरी रहेको बताउनु भयो । उहाँले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरूरी रहेको बताउनु भयो ।

पूर्वसभामुख रानाभाटले वर्षको एक पटकको साधारण सभाले पूर्व सांसद मञ्चको कर्तव्य पूरा नहुने उल्लेख गर्नुभयो । बहुदलीय व्यवस्थाको लामो अनुभव बटुलिसके पनि नागरिक आशामुखी हुन नसकेको बताउनु भयो । देशमै कामको समुचित व्यवस्था अझै हुन नसकेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.