आजका मुख्य समाचार,
* भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई सभामुखको रुलिङ / सीमावर्ति २४ जिल्लामा उच्च निगरानी / प्रधानमन्त्री ओलीलाई भारतीय राजदूतको ब्रिफिङ ।
* पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा उद्धारको अपिल / सम्पर्कमै रहेको दूतावासको भनाइ / भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली दूतावासको आग्रह ।
* विद्युत प्राधिकरणको सही हिसाबकिताब सार्वजनिक गर्न सांसदको माग / संस्था नाफामै रहेको पूर्व र वर्तमान कार्यकारी निर्देशकको भनाइ / बदनाम गर्न खोजिएको कुलमानको आरोप ।
* भारत-पाकिस्तान तनाव जारी / तेस्रो दिन पनि एक अर्कामाथि ड्रोन र क्षेप्यास्त्र आक्रमणको आरोप / सीमावर्ती क्षेत्रका बासिन्दाहरु सुरक्षित स्थानमा सरे ।
* भारत-पाकिस्तान द्वन्द्वको असर खेलकुदमा पनि / इन्डियन प्रिमियर लिग आईपीएल एक साताका लागि स्थगित / पाकिस्तान सुपर लिग दुवईमा सारियो ।