कान्तिपुर समाचार, ३१ भाद्र २०८०

भाद्र ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३१ भाद्र २०८०

आजको मुख्य समाचार :

* आर्थिक वर्षको पहिलो महिनामै महँगी सीमा बाहिर/ साउनमा साढे सात प्रतिशत बढ्दा खाद्यान्न र मरमसलामा सबैभन्दा धेरै/ तलब वृद्धि भने १ प्रतिशतमा सीमित ।

* चिकित्सकको आन्दोलनका कारण दिनभर अस्पतालका सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा/ अत्यावश्यक सेवामा हडताल गर्न नपाइने कानुनको उल्लंघन/ सरकारको आश्वासनपछि आन्दोलन फिर्ता ।

* ६० किलो सुन तस्करी प्रकरणमा साढे तीन अर्ब बिगोसहित २९ जनाविरुद्ध मुद्दा दायर/ पक्राउ परेका ६ जनालाई भने मुद्दा चलाइएन/ फरार १५ जनाविरुद्ध अनुसन्धान जारी ।

* उत्तर कोरियाली नेता किम जोङ उन रुसको ६ दिने भ्रमण पूरा गरी स्वदेश फिर्ता/ आधुनिक प्रविधिको सहयोग गर्ने रुसको बाचा/ पुटिनलाई कोरिया भ्रमणको निम्तो ।

* भारतलाई आठौँ पटक एसिया कपको उपाधि/ घरेलु मैदानमा श्रीलंकाको लज्जास्पद हार/ ५१ रनको झिनो लक्ष्य ६ ओभर १ बलमै पूरा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.