धनकुटा । धनकुटामा बस र माइक्रो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा पाँच यात्रु घाइते भएका छन ।
धनकुटाबाट धरान जाँदै गरेको प्रदेश १-०२-००१ ज ४२७६ नम्बरको विद्युतिय माइक्रो बस र धरानबाट धनकुटा आउँदै गरेको प्रदेश १-०२-००२ ख ०३७३ नम्बरको बस साागुरीगढी गाउापालिका-१ लाबरबोटेमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी माइक्रोबसमा सवार सुनसरीको रामधुनी-३ का ५८ बर्षीया जानुकादेवी खतिवडा, भोजपुर नगरपालिका-१० का २१ बर्षीय अमिर राई, सोहि स्थानका ६१ बर्षीय हर्कबहादुर राई, २० बर्षीया सोफिया राई र भोजपुर नगरपालिका-८ का ४० बर्षीय चालक विपिन नेपाल घाइते भएका छन ।
घाइतेहरूलाई मुलघाट प्रहरी चौकिबाट खटिएको प्रहरीले उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । बस चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१७ का ४९ बर्षीय कुलबहादुर मगरलाई मुलघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।