नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुख देवराज घिमिरेले आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

गत वैशाख १९ गते नीति तथा कार्यक्रम प्रतिनिधि सभामा प्रस्तुत भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि दिनुभएको थियो । प्रधानमन्त्री ओलीले सांसदहरूका सुझावलाई वार्षिक बजेट वक्तव्यमा समावेश गरिने प्रतिबद्धता जनाउनुभएको छ । सांसदहरूले उठाएका विषयलाई उपलब्ध स्रोतसाधनका आधारमा प्राथमिकीकरण गर्दै आगामी दिनमा क्रमश: सम्बोधन गर्दै जाने उहाँको भनाइ छ । कतिपय सांसदहरूले पुरानै नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएको उल्लेख गर्दै उहाँले सरकारले ल्याएका १७ वटा नयाँ नीतिको विवरण पनि संसद्‍मा प्रस्तुत गर्नुभयो, जसमा पूर्वाधार विकास, शिक्षा सुधार, पूर्वाधार क्षेत्रका परियोजनाको पुन: प्राथमिकीकरण लगायतका विषय छन् ।

यस्तै प्रधानमन्त्री ओलीले जेठ १५ गतेको प्रतिगामी सपना कहिल्यै पूरा नहुने भन्दै संविधान र कानुन अनुसार चल्न तयार नभए कानुनले आफैं डिल गर्ने चेतावनी पनि दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.