रुकुमको चौरी लेकमा प्रकृतिको अनुपम शृंगार

असार १३, २०८३ |महेश केसी
रुकुमको चौरी लेकमा प्रकृतिको अनुपम शृंगार

रुकुम पूर्व । बर्खा याम सुरु भएसँगै लेकाली पाटनहरुमा प्रकृतिले हरियो रंग भर्न थालिसकेको छ। 

यही रंगको उमङ्गले यतिबेला रुकुम पूर्वको चौँरी लेकको मोहकतामा मग्न हुनेहरू बढिरहेका छन् । हिमालको फेदी, फूलैफूलको आगन यो हो, चुङुरी बुकी अर्थात् रुकुम पूर्वको चौरी लेक ।

हिमालकै काखमा ओत लागेझै देखिने यहाँका हरित पहाडी थुम्काहहरुमा यतिबेला रङ्गीचङ्गी बुकी फुलहरु ढकमक्क भएर फुल्न थालिसकेका छन्। यो दृश्य देख्दा लाग्छ, हाम्रो सपना र कल्पनामा आउने एउटा सुन्दर 'स्वप्न बगैँचा' यही हो ।

बेँसी तिरबाट गाईबस्तु र भेडाबाख्राको बथान चरिचरणका लागि उकालो लागिसकेका छन्। उनीहरु साउन पहिलो सातासम्म यहाँ आइपुग्छन्। अनि यी पाटनहरुमा रौनक अझै थपिन्छ। यो सुन्दरतासँग रम्दै शरिशिरे बतासमा आफ्नो मन र शरीरलाई बिसाएर एकप्रकारको शान्ती र आनन्द ग्रहण गर्न यहाँसम्म पुग्नेहरु बर्षेनि बढिरहेका छन्।

यहाँ जो आएको छैन उसले थाहा पाएकै पाएकै छैन,-थोरै हासेर) जो यहाँ पुगेको छ उसलाई यहाँबाट फर्किन मनले मान्दै-मान्दैन। मध्यपहाडी लोकमार्ग भएर रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेसम्म आएपछि करिब आधी घण्टाजति कच्ची रोडमा यात्रा गरेपश्चात् कोईपासम्म गाडीमै आएपछि यहाँबाट सरासर साढे १ घण्टा जति पैदल हिडेपछि चौरी लेकको यो चुचुरोमा पुगिन्छ।

यहाँका यी फूलहरु साउन निगल्तसम्मै रहन्छन् भने यसपछि यहाँ अर्को रंगको फूलहरु ढकमक्क हुन थाल्छन् । तर, यहाँ पुग्नेहरुले जथाभावी फूलहरु टिप्ने र फोहोर फाल्ने गर्नाले यसमा नकरात्मक असर परेको छ । लेकाली पाखामा फूलेका रङ्गीचङ्गी फूलहरु कुनै गलामा उनिएका मोती झै लाग्छन्, जहाँ लेकाली हावासंगंगै सुवास छर्दै ढलपल-ढलपल गरिहन्छन् । 


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।