
रामेछाप । रामेछापको भालुखोप डाँडामा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ।
सदरमुकाम मन्थलीलगायत जिल्लाको तल्लो भेगमा गर्मी बढेसँगै गर्मी छल्न घुमफिरका लागि पुग्नेहरूको संख्या बढेको हो ।
रामेछाप नगरपालिका वडा नंम्वर ६ र ७ को सिमास्थित यस क्षेत्रमा भ्युटावर निर्माण भएसँगै घुम्न आउनेको संख्या उल्लेखनीय रूपमा बढेको स्थानीयले बताएका छन्।