
विराटनगर । भारतको पश्चिम बंगाल राज्य र कोशी प्रदेशबीच पर्यटकीय सम्बन्ध बढाउन झापामा कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजना गरिएको छ।
झापाको विर्तामोडमा आयोजित दुई दिने उत्सवमा नेपाल र भारतका पर्यटन व्यवसायीहरू सहभागी छन्। महोत्सवले कोशी प्रदेशका जिल्लासँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यबीच पर्यटकीय सम्बन्ध विस्तार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अपेक्षा लिइएको छ।
उत्सवमा नेपाल र भारतका विभिन्न होटल व्यवसाय, होमस्टे, स्कुल-कलेज र घरेलु उत्पादनका गरी ३० वटा स्टल राखिएका छन्।