
मुगु । मुगुको रारा ताल भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक संख्या उल्लेखनीयरूपमा बढेका छन् ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयको पछिल्लो सात वर्षयताको तथ्याङ्कअनुसार रारा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ९४ हजार २ सय ४८ रहेको छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी पर्यटकले रारा भ्रमण गरेका छन्। आर्थिक वर्ष २०७५/०७६ देखि २०८२/०८३ को असोज मसान्तसम्म रारा भ्रमण गर्ने पर्यटकको ९४ हजार २ सय ४८ जना छन्।