जुम्लाको गुठिचौर गाउँपालिका साहसिक पर्यटनको नयाँ केन्द्र बन्दै

कार्तिक १०, २०८२ |डीबी बुढा
जुम्लाको गुठिचौर गाउँपालिका साहसिक पर्यटनको नयाँ केन्द्र बन्दै

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विकास हुँदै गएको छ । 

हरेक वर्ष स्थानीय सरकारले गर्ने प्याराग्लाइडिङ महोत्सवले पालिका नै साहसिक पर्यटकको केन्द्र बन्न थालेको हो । रंगीन प्याराग्लाइडहरूले गुठिचौरको आकाश ढाकिने गरेको छ । यसले यहाँको पर्यटन पवर्द्धनमा समेत टेवा पुगेको छ ।

जुम्लाको गुठिचौर गाउापालिका-२ गुठिचौर पाटनको आकाश हरेक वर्षयाममा रंगिन देखिन्छ । प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्दछ । केही वर्षअघिसम्म चील र बकुल्ला मात्र देखिने यहाँको आकाशमा अहिले मानिसहरू पंखा फैलाएर उडिरहेका देखिन्छन् । जसले यहाँको जन-जीवनमा नयाँ उत्साह र सम्भावनाको भाव जगाएको छ ।

जुम्लामा सुरू भएको साहसिक पर्यटकीय गन्तव्यका रूपमा गुठिचौर चिनिएको छ । पहिले परीक्षण उडान गर्दा कसैले पत्याएका थिएनन् । तर अहिले वर्षा लाग्ने वित्तिकै साहसिक पर्यटनको विषयमा चर्चा नै हुने गरेको छ । हिउादमा हिउँ परेर धेरै चिसो हुने भएकाले प्याराग्लाइडिङ उडान गर्न सक्ने अवस्था भने छैन । जुम्लामा बाह्रै महिना प्याराग्लाइडिङ उडाउन सकिए आन्तरिक तथा वाहृय पर्यटकको घुइँचो नै लाग्ने देखिन्छ ।

अहिले कर्णालीमा पर्यटकीय गन्तव्यका रूपमा स्थापित रारा ताल, सिंजा उपत्यका, चन्दननाथ भैरवनाथको दर्शन गर्न आउनेले प्याराग्लाइडिङको अनुभव लिन सक्छन् । जसले गाउँका होटल, पसल र स्थानीय व्यवसायमा टेवा पुगेको छ । 

तीन हजार आठ सय मिटरको उचाइबाट उडाइएका प्याराग्लाइड पाँच हजार मिटरको उचाइसम्म पुग्छन् । दुई हजार आठ सय मिटरमा अवतरण गराइन्छ । प्याराग्लाइडिङबाट रंगिचंगी फूल, हरियो चरन क्षेत्र, गोठ र आसपासको दृश्य एउटै फ्रेममा देख्न सकिन्छ ।

गुठिचौरको भौगोलिक बनावट र स्थिर हावापानीका कारण प्याराग्लाइडिङका लागि उपयुक्त मानिएको छ । जिल्लाको मध्यभागबाट बग्ने हिमा र तिला नदी, खस सिंजा दरबार, कनकासुन्दरी मन्दिर, पाण्डव गुफादेखि मस्टो संस्कृतिले जो-सुकैलाई मोहित पार्छ । यसमा प्याराग्लाइडिङ उडानले झनै इाटा थपेको छ ।

जुम्लालाई सडक सञ्जालसाग जोड्न कर्णाली राजमार्ग निर्माण भएको छ । मुगुको राराताल जोड्न नाग्म-गमगडी सडक पनि बनेको छ । यसबीचमा खुला आकाश, चिसो हावाको मिठो स्पर्श र वरिपरिका हिमशृङखलाको दृश्य, सिंजा उपत्यकाले प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ । 

अब प्याराग्लाइडिङको उडानले गुठिचौर केबल भेडा चराउने पाटन मात्र होइन, साहसिक पर्यटनको नयाा गन्तव्यसमेत र सम्भावनायुक्त गाउा बनेको छ । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुर्‍याएको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।