अर्घाखाँची । अग्लो भीरबाट बाह्रै महिना झर्ने पानीको छाँगोले मृगस्थली पुग्ने पर्यटकको मन लोभ्याउने गरेको छ । चार्डपर्वको मौका पारेर मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् ।
झरनामा पुगेर फोटो खिच्दै, टिकटक बनाउँछन् । कतिपय त यही झरना अवलोकन गर्ने मुख्य उद्देश्यले नै टाढा टाढाबाट आउने गरेका छन् । उनीहरू झरनाको अनुपम र मनोरम सौन्दर्य देखेर लठ्ठै हुन्छन् ।
यही झरनाबाट मृग लडेर मरेकाले यसको नाम भृगस्थली झरना राखिएको हो । उत्सुकतासहित झरनामा पुगेका पर्यटकहरू चिसो पानीकोे शीतलता र मज्जा लिदैँ थकान मेट्छन् ।
पछिल्लो समय दैनिक ११-१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । विगतमा ओझेलमा परेको झरनासम्म पुग्न नगरपालिकाले संघीयसरकारसित सहकार्य गरेर ५८ लाखको बजेटबाट पदमार्गसगैा अन्य पुर्वाधारका बनाएकाले पर्यटकलाई सहज भएको हो ।
गञ्छेभालुवाङ्ग सडकमै पर्नेभएकाले भीरबाट झरेको पानीको फोहोरा देखेर यात्रु गाडीबाट ओर्लेर झरनामा रमाउदै अनुभव लिनेगरेका छन् । सन्धिखर्कबाट झरनामा पुग्न करिब १५ किलोमिटरको दूरी रहेको छ ।
झरनाको थप प्रचारप्रसार भएसागै आवश्यक पूर्वाधारको विकास गर्नसके जिल्लाले रोजगारीसगैा आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने अपेक्षा छ ।