काठमाडौं । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्यटकको बढेका छन् । पहिला ढोरपाटन उपत्यकामा मात्रै पुग्ने गरेका पर्यटक अहिले शिकार आरक्ष क्षेत्रमा समेत पुग्न थालेका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार पर्यटक पुगेकोमा गत आर्थिक वर्षमा २३ हजार ६ सय ९२ जना पर्यटकले ढोरपाटन शिकार आरक्षको भ्रमण गरेका छन् । घुम्न पुग्नेमा २३ हजार ४ सय ६७ स्वदेशी र २ सय २५ जना विदेशी जना पर्यटक छन् ।
शिकार आरक्ष क्षेत्रको अवलोकनसँगै ढोरपाटन उपत्यका, निशेल ढोर र ढोर वराह मन्दिर, बुकी पाटनलगायतका क्षेत्रमा घुम्न पर्यटक पुग्ने गरेका छन् । ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षयता पर्यटकको तथ्याङ्क राख्दैआएको छ ।
पर्यटक बढेसँगै त्यस क्षेत्रमा सडक पहुँच र होटल सुविधासमेत थपिएको छ । हालैमात्र त्यहाँ पर्यटकस्तरीय दुई दर्जनभन्दा बढी होटल सञ्चालनमा आएका छन् । आरक्षमा पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन फागुनदेखि वैशाखसम्म शिकार हुङ्दैग आएको छ ।