राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

वैशाख १९, २०८३ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा अध्यादेश जारी गर्नुभएको छ । 

सरकारले गत मंगलबार सिफारिस गरेको विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी दुई अध्यादेश र बुधबार सिफारिस गरिएको सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपति पौडेलले जारी गर्नुभएको हो ।

सरकारले सिफारिस गरेका कुल आठमध्ये यसअघि सहकारी, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद प्रक्रियासम्बन्धी अध्यादेश जारी भइसकेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेकोसहित अब दुई अध्यादेश जारी हुन बाँकी छन् । 

केही नेपाल ऐनअन्तर्गत २० वटा ऐन संशोधनको सिफारिस गरिएको छ । विगतमा दुई–दुई पटक फिर्ता गर्दा लिएका आधार संशोधन नभइ उस्तै प्रकृतिको व्यवस्था भएकाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका बारेमा राष्ट्रपति पौडेलले थप परामर्श गर्ने बताउँदै आउनु भएको छ ।

अध्यादेश पेस भएपछि संविधानविद्हरुसँग परामर्श गरेका राष्ट्रपति पौडेलले यसबारेमा प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि परामर्श गर्ने तयारी गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.