डोल्पा । साउन शुल्क पूर्णिमाको अवसरमा हिन्दू धर्मावलम्बीहरूले कुलदेवी-देवताप्रति गहिरो श्रद्धा चढाउँदै पवित्र हिमाली तीर्थस्थलहरूमा पुगेर स्नान तथा पाठ पूजा गरेका छन् ।
डोल्पाका पबित्र तीर्थ स्थल मुड्केचुला, ब्यासरिखी, मुकुटेश्वर, दुधकुन्डली, साईक्वारी लगायत दर्जनौ पबित्र स्थलहरूमा हिन्दु धर्मावलम्बीहरूको घुँइचो लागेको छ ।
हप्तौँ दिनको खाली खुट्टामा कठिन पैदल यात्रा पूरा गरेर गाउँ फर्किएका तीर्थ यात्रीहरूले कुलदेवी-देवताका पाठपूजा गर्दै पुस्तौँदेखि चलि आएको यो सांस्कृतिक र धार्मिक परम्परालाई सदा झै यो बर्षको साउन पुर्णिामालाई निरन्तरता दिएका हुन् ।
डोल्पाका यी हिमाली तीर्थस्थलहरू केवल आस्था मात्र नभई, प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको अद्वितीय संगमका रूपमा रहेका छन् ।