ट्रेकिङ गाइडलाई दक्ष बनाउन पोखरामा ६ दिने विशेष तालिम

श्रावण १९, २०८२ |भुपाल गुरुङ
ट्रेकिङ गाइडलाई दक्ष बनाउन पोखरामा ६ दिने विशेष तालिम

कास्की । ट्रेकिङ गाइडलाई दक्ष बनाउन पोखरामा ६ दिने विशेष तालिमको आयोजना गरिएको छ । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयूक्त आयोजनामा हिजो देखि शुरु भएको तालिममा गाइडका लागि वाइल्डनेस, प्राथमिक उपचार, नक्साको प्रयोग, पर्वतीय पदयात्रा, माउन्टेन गाइडिङ, टोपोग्राफी म्यापिङ र नेभिगेसन तालिम दिएको हो । 

गाइडलाई दक्ष बनाउनकै लागि तिन सय जनाबाट छनोट गरेर ३३ जनालाई अहिले पोखरामा विशेष खालको तालिम उपलब्ध गराइएको छ । व्यवसायीक गाइडहरुको सहभागिता रहेको तालिममा ईन्टरनेशनल फेडेरेशन अफ माउण्टेन गाईड एशोसिएसनका सर्टिफाईड गाईडहरु र सर्टिफाईड टिओटी डाक्टरहरु प्रशिक्षकका रुपमा रहेको पर्वतारोहण संघका सचिव मनशान्त घिमिरेले जानकारी दिनुभयो । 

गाइडका लागि आवश्यक कोर्ष नै तयार गरेर ६ दिनसम्म सैद्धान्तिक तथा व्यवहार ज्ञान प्रदान गर्ने र दक्ष बनाउने तालिमको लक्ष्य रहेको उहाँले बताउनुभयो । तालिमका निम्ति गण्डकी अल्पाईन क्लब र काठमाण्डौं ईन्भाईरोलमेण्टल एजुकेशन प्रोजेक्ट, कर्म फ्लाईट्स, ब्रिद नेपाल, मल्ल सिस्टर्स र केयरमार्क हस्पिटलको प्राविधिक सहकार्य रहेको छ । अहिले गण्डकीमा करिब तिन सय व्यवसायीक टे«ेकिङ गाइड छन् ।  


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।