बुटवल । बुटवलको प्रमुख पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान फुलबारीमा एक वर्षमा ५ लाख ४७ हजार १ सय ९९ जना पर्यटकहरूले भ्रमण गरेका छन् ।
आर्थिक बर्ष २०८१/८२ मा मणिमुकुन्द सेन उद्यान अर्थात फुलबारीमा ५ लाख ४७ हजार १ सय ९९ जना पर्यटकहरूले भ्रमण गरेका छन् । पर्यटकको शुल्कबाट ४ करोड ६ लाख ४२ हजार ७ सय ४४ रूपैयाँ आम्दानी भएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितीका अध्यक्ष माधव नेपालले बताउनुभयो ।
आर्थिक बर्ष २०८१/८२ मा फुलबारी घुम्न आउनेमध्ये ७४ हजार ५ सय ९२ जना भारतीय पर्यटक छन् । ७१ हजार ६ सय ९५ जना विद्यार्थी अध्ययन अवालोकनका लागि घुम्न आएका छन् ।
मणिमुकुन्द सेन उद्यान अर्थात् फुलबारीले ५ सय वर्ष भन्दा अगाडि देखिको सेन वंशीय राज्यको इतिहास बोकेको छ । जहाँ अहिले पनि राजा मणिमुकुन्दको ऐतिहासिक सेन वंशिय दरबारको भग्नावशेष छ ।