कास्की । आइतबार पोखरामा विदेशी पर्यटक हिलोमा रमाएका छन् । पोखरा २६ गुँदेताल फाँटमा आयोजित रोपाइँ महोत्सवमा पुगेका पर्यटक हिलो छयापाछयाप गर्दै रमाएका हुन् ।
महोत्सवमा पर्यटकलाई मनोरञ्जन दिन रस्साकस्सी, माछा समाउने, गोरू दौडाउने, धान रोप्ने, हिले दौडलगायतका प्रतियोगिता गरिएको थियो । पहिलो पटक महोत्सवमा आएका विदेशी पर्यटकले नयाँ र रमाइलो भएको प्रतिक्रिया दिए ।
पर्यटक अफसिजनलाई लक्षित गरी वर्षेनी आयोजना हुँदै आएको रोपाइँ महोत्सव पोखरामा पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यम बनेको छ । 'पोखरा सबै मौसमका लागि' भन्ने नाराका साथ पोखरा पर्यटन परिषद्ले २० वर्षदेखि पोखरामा रोपाइँ महोत्सव आयोजना गर्दैआएको छ।
पोखरामा खेतीयोग्य ठूला फाँटमा घर तथा विभिन्न भौतिक संचरना निर्माणले खेतीयोग्य भूमि नासिँदै गएको छ। बिरौटा, बिरूवा, कुँडहर, महत-गौँडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामे पोखराका ठूला फाँट हुन् ।