पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै सिन्धुपाल्चोक, ट्रेकिङका लागि समेत आन्तरिक पर्यटकमाझ लोकप्रिय

आश्विन १५, २०८२ |कमला पाख्रिन
पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै सिन्धुपाल्चोक, ट्रेकिङका लागि समेत आन्तरिक पर्यटकमाझ लोकप्रिय

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पर्यटकका लागि आकर्षक गन्तव्यले हो । 

धार्मिक, पर्यटकीय, ऐतिहासिकसँगै कला, साहित्य, भूगोल पनि पर्यटनका लागि सिन्धुपाल्चोक महत्वपूर्ण छ। हिँड्न मन पराउने पर्यटकका लागि आमायाङ्री, जुगल बेसक्याम, पाँचपोखरी, भैरवकुण्डजस्ता र खोला किनारको बीचमा बसेर बोटिङ, र्‍याफ्टिङ, स्विमिङ, क्याम्पिङका लागि भोटेकोशी, सुकुटेलगायतका ठाउँमा पुगेर प्राकृतिक दशैं तिहारको बिदामा रमाउन सकिन्छ ।

भोटेकोशी र सुनकोशी किनारमा रहेको सुकुटे आन्तरिक तथा विदेशी पर्यटकहरूको आकर्षक ठाउँ हो । विशेषगरी बोटिङ, र्‍याफ्टिङ, रिसोर्ट, क्याम्पिङ र प्राकृतिक सौन्दर्यको कारण यहाँको पर्यटन पर्यटकको खास रोजाइँमा पर्दछ । 

त्यस्तै पाँचपोखरी उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका पाँचपोखरीमा पर्यटकको रोजाइँ अधिक मात्रामा हुँदै आएको छ । पाँचपोखरीकोे दर्शन र सुन्दरता हेर्नका लागि एक पटक पुग्नैपर्छ, भन्ने मान्यताका साथ झन्डै दुुई दिनको कष्ट पैदल यात्रा गरेर आन्तिरक पर्यटक पाँचपोखरी पुग्ने गरेका छन् ।

भैरवकुण्ड पनि लोकप्रिय गन्तव्य हो । करिब ४ हजार २ सय ५० मिटर उचाइमा रहेको यो धार्मिक कुण्डमा यात्रा गर्नेहरूको भीड दशैं र तिहारमा बढ्ने गर्दछ । यहाँबाट हिमालहरूको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ आमायाङ्री र ने-पेमाछाल र जुगल बेसक्यम्प पनि पर्यटकीय गन्तव्यका चर्चित ठाउँमा पर्दछ । 

पदमार्ग यात्रा गर्न चाहने र शान्त वातावरणमा प्रकृतिसँग घुलमिल हुन चाहनेको रोजाइँमा परेका छन् । पर्यटन प्रवर्द्धनकै लागि कतिपय स्थानीय तहले निर्माण गरेका ठाउँहरू पनि रहेका छन् । दुई हजार २ सय मिटर उचाइामा रहेको मञ्जुश्री पार्कबाट जुगल, दोर्जे लाक्पा, गौरीशंकरलगायतका १४ वटा हिमश्रृंखला देखिन्छन् । 

प्राकृतिक र भौगोलिकरूपमा आकर्षक मञ्जुश्री पार्क राजधानी काठमाडौं नजिकै भएकाले आन्तरिक पर्यटक बढ्दै गएका हुन् । यी ठाउँहरूमा पुग्न एक सातासम्मको पदयात्रा गर्नुपर्ने भए पनि यात्रुहरूलाई अनौठो अनुभव दिनेगर्छ । हिमाली भेगको सत्कार र लेकाली खाना र होमस्टेसम्म व्यवस्था छ ।

दशैं बिदामा नजिकै घुम्न चाहनेदेखि उच्च हिमाली पदमार्ग यात्रा गर्नेहरूका लागि सिन्धुपाल्चोकमा विभिन्न ठाउँका गन्तव्य उपलब्ध भएकाले पर्यटकको आकर्षण र पर्यटकको स्वागत सत्कारका लागि पर्यटन व्यवसायीहरू तयारी अवस्थामा छन् । 


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।