चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-२ सिमरा चोकमा स्कुटरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट माधव नारायण नगरपालिका-८ बस्ने वर्ष २४ का रुपेश राय यादव रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ साढे ६ बजेतिर बागमती प्रदेश ०२ ०५६ प १११५ नम्बको स्कुटरले पैदल यात्रीलाई यादवलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते यादवको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
नाक र टाउकोमा चोट लागेका स्कुटर चालक चितवन राप्ती नगरपालिका-२ बस्ने १८ वर्षका दीपेश गौतमको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।