काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत बिहीबार नेपालले आफ्नो तेस्रो खेलमा भियतनामको सामना गर्दैछ । यसअघि लाओस र मलेसियासाग पराजित भएको नेपालका लागि यो खेल पुनरागमनको अवसर हुनेछ। घरेलु रंगशाला नहुँदा होम एन्ड अवेका दुवै खेल भियतनाममा खेल्न लागेको नेपाल जितविहीन यात्राको अन्त्यसमेत गर्ने योजनामा छ ।
नेपाली फुटबल टिम एएफसी एसियन कपको छनोट खेल्न तयार छ । प्रशिक्षक म्याट रसले बंगलादेशसाग खेलेको टिममा ६ परिवर्तन गरेका छन, यसअघि अन्डर २३ टिममा रहेका खेलाडीसमेत सिनियर टिममा फर्किएपछि नेपाली टिम राम्रो तयारी गरेर भियतनाम गएको हो। तर अहिले नेपाली टिममा उत्साह र आत्मविश्वासको कमी छ। कारण हो पछिल्लो समयको नेपालको राजनीतिक घटनाक्रम, वाढीपहिरो र आफ्नै खेलको लय।
पहिलो खेलमा मलेसियासाग २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा लाओससाग २-१ को हार ब्यहोरेको थियो। लगातार दुई हारपछि नेपाल समूहको पुछारमा छ। साथै नेपालको फिफा वरीयतामा पनि स्थान खस्किएको छ । अर्कोतिर, एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय रंगशालाको मान्यता दिन अस्वीकार गरेपछि घरेलु रंगशालामा खेल्नुपर्ने खेल विदेशी भूमिमा खेल्नुपर्ने बाध्यता पनि छ । यसअघिका दुवै खेलमा हार ब्यहोरिसकेको टोलीलाई अब भने राम्रो प्रदर्शनको दबाब छ।
प्रशिक्षक म्याट रसको प्रशिक्षणमा अहिलेसम्म नेपालले पााच खेल खेलेको छ। पहिलो खेलमा सिंगापुरलाई हराएयता नेपालले जित निकाल्न सकेको छैन्। त्यसपछि नेपाल मलेसिया र लाओससाग पराजित भएको थियो भने हङकङ र बंगलादेशसाग गोलरहित बराबरीमा रोकिएको छ। भियतनामले भने पछिल्ला पाच खेलमा चार जित हासिल गरेको छ। नेपाललाई हराएको लाओस विरुद्ध भियतनामले पाच शून्यको जित निकालेको थियो। त्यसैगरी उसले फाइनलमा थाइल्यान्डलाई हराएर भर्खरै मात्रै एएफएफ च्याम्पियनसिप जितेको थियो। तर पछिल्लो खेलमा मलेसियासाग पराजित भएपछि भियतनाम फेरि जितको लयमा फर्किने योजनामा छ।
भियतनाम दुई खेलमा तीन अंकसहित छनोटको दोस्रो स्थानमा छ । ६ अंक जोडेको मलेसिया शीर्षस्थानमा छ भने नेपालले दुईं खेलमा अंक जोड्न सकेको छैन । चार गोलको सामना गरेको नेपालले अहिलेसम्म एक गोल मात्रै गर्न सकेको छ। त्यसैले नेपालले आउादा खेलमा भने संयमित भएर खेल्नु आवश्यक हुन्छ।