काठमाडौं । नेपाल र जर्मनीबीच पावर डिस्ट्रिब्यूसन स्ट्रेन्थेनिङ कार्यक्रमका लागि २० मिलियन युरो अर्थात् करिब २ अर्ब ८० करोड रुपैयाँ सहयोगको सम्झौता भएको छ ।
अर्थ मन्त्रालयमा आज भएको सम्झौताअनुसार देशभरको विद्युत् वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरण गर्ने यो काम २०२९ सेप्टेम्बर ५ भित्र सम्पन्न गरिनुपर्नेछ । त्यस्तै प्राविधिक सहयोग सम्झौता पनि भएको छ । जसमा स्वास्थ्य क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशी रणनीतिलाई समर्थन गर्दै स्वास्थ्य प्रणालीका पूर्वाधार सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ ।