काठमाडौं । गाजा यु्द्ध अन्त्य गर्न भइरहेको अनौपचारिक वार्ताका क्रममा प्यालेस्टिनी समूह हमासले रिहा गर्नुपर्ने प्यालेस्टिनी बन्दीहरुको सूची बुझाएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको २० बुँदे शान्ति योजना कार्यान्वयनका लागि भइरहेको वार्ताका क्रममा हमासले बन्धक रिहाइको बदलामा इजरायलका तर्फबाट रिहा गर्नुपर्ने बन्दीको सूची बुझाएको हो ।
रिहा गरिने बन्दीहरुको सूची साटासाट भएसँगै गाजा युद्ध अन्त्यको आशा बढेको वार्ताकारहरुलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कतार तथा इजिप्टको मध्यस्थता तथा अमेरिकाको सहभागितामा इजिप्टको शर्म अल शेखमा सोमबारदेखि अनौपचारिक वार्ता भइरहेको हो ।
वार्तामा सहभागी हमासमा शीर्ष नेता ताहेर अल-नुनुले बुधबार इजिप्टमा भएको वार्ताका क्रममा दुवै पक्षबाट रिहा गरिने बन्दीको सूची आदानप्रदान गरिएको जानकारी दिएको टाइम्स अफ इजरायलले जनाएको छ । हमासले बुझाएको सूचीमा रहेका केही बन्दीहरुलाई रिहा गर्न भने इजरायलले अस्वीकार गरेको छ।
हमासको नियन्त्रणमा अझै ४८ बन्धक रहेको जनाइएको छ, जसमध्ये २० जना जीवीतै रहेको विश्वास गरिएको छ ।