सगरमाथा सरसफाईलाई अभियानको रूपमा अघि बढाउन जरूरी छ : प्रधानमन्त्री ओली

जेष्ठ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सगरमाथा सरसफाईलाई अभियानको रूपमा अघि बढाउन जरूरी छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सरसफाईलाई अभियानको रूपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सगरमाथामा फोहोरमैलाको धेरै समस्या रहेको उल्लेख गर्दै त्यसलाई सफा गर्नुपर्ने चुनौती रहेको बताउनु भयो । उहाँले दुई चरणमा सरसफाई गरिसक्दा पनि अझैं सफा भइ नसकेको बताउनु भयो । 

उहाँले सगरमाथा सफाईका लागि केही नियमहरू बनाउन जरुरी रहेको बताउनु भयो । खानेकुराहरू लैजाने फर्किंदा त्यसको खोल बेस क्याम्पमा ल्याएर बुझाउनुपर्ने नियम राख्न जरूरी रहेको बताउनु भयो । अहिले सरकार ऐनको संशोधन गरिरहेको भन्दै यसमा विभिन्न पक्षहरूले आफ्ना सुझावहरू दिनसक्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सगरमाथा अहिले पहिलाको जस्तो नभएको बताउनु भयो । सगरमाथा चढ्न अहिले धेरै सहज भइसकेको उल्लेख गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.