काठमाडौं । जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रम तीव्र भएकाले हिमालको संरक्षण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
काठमाडौंमा भएको एभरेष्ट समिटर सम्मेलनमा सहभागी आरोहीहरुले एक दशकअघिको तुलनामा सगरमाथामा हिउँको मात्रा निकै घटिसकेको बताएका हुन् ।
त्यस्तै, सगरमाथा आरोहीको संख्या बढ्दा फोहोर पनि बढ्दै गएकाले नियामक निकायले समयमै ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । यस वर्ष मात्रै ११ सयभन्दा बढीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।