हिमाल आरोहणमा विपत्तिबाट बच्न र उद्धार गर्न 'हाइ माउन्टेन रेस्क्यु' तालिम

चैत्र २६, २०८१ |भरत रावल
हिमाल आरोहणमा विपत्तिबाट बच्न र उद्धार गर्न 'हाइ माउन्टेन रेस्क्यु' तालिम

काठमाडौं । हिमालहरु हेर्दा जति सुन्दर देखिन्छन्, आरोहण उति नै चुनौतीपूर्ण हुन्छ, आरोही र गाइडले कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ । सोहीकारण आरोहणका क्रममा हुने प्राकृतिक विपत्तिबाट बाच्न र समस्यामा परेकालाई सुरक्षित स्थानसम्म ल्याउने सीप सिकाउन- हाई माउन्टेन रेस्क्यु तालिम दिइएको छ । 

हिमाल आरोहणका क्षेत्रमा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले नेपाल पर्वतारोहण संघ र नेपाल पर्वतारोहण प्रशिक्षक संघले २० दिने हाई माउन्टेन रेस्क्यु ट्रेनिङ अर्थात् उच्च हिमाल उद्धार तालिम आयोजना गरेका हुन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानूरु शेर्पाले तालिममा २१ गाइड सहभागी रहेको जनाउनु भयो । 

प्रशिक्षक पासाङतेन्जी शेर्पा भन्नुहुन्छ, 'हिमाल आरोहणका क्रममा गाईड र आरोहीले अनेकौं प्राकृतिक विपतको सामना गर्नुपर्छ । यो तालिममा त्यस्ता समस्याका बेला कसरी सुरक्षित रहने र उद्धार कसरी गर्नेजस्ता सीप गाइड र आरोहीलाई सिकाइन्छ '

आरोहीले आरोहणका क्रममा हिम पहिरो, अक्सिजन अभाव, हाईअल्टिच्युड, गहिरो खोँचमा खस्नेजस्ता अनेकौं समस्याको सामना गर्नुपर्ने हुन्छ ।

प्रशिक्षार्थी छिरिङ ग्याल्जेन शेर्पा भन्नुहुन्छ, 'तालिमपछि आरोहणका बेला उद्धार गर्न सक्ने मनोबल गाइडमा बढेको छ ।'

प्राथमिक चरण तथा पहिलो लेभलको रक क्लाइम्बिङ, आईस क्लाईम्बिङ र वेसिक रेस्क्यु जस्ता तालिम लिईसकेकाहरुलाई यो तालिम दिइन्छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।