ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिलो पटक हिउँ परेको छ ।
३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा आज बिहानदेखि हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।
महतका अनुसार मन्दिरदेखि पाँच सय मिटर तलसम्म हिउँ परेको छ । पाथीभरा आउने तिर्थयात्रीलाई न्यानो कपडा लगाएर आउनपनि पाथीभरा क्षेत्र विकास समितिले अनुरोध गरेको छ ।