थाई एयर एसियाद्वारा बैंकक-भैरहवा उडान सुरु

कार्तिक १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
थाई एयर एसियाद्वारा बैंकक-भैरहवा उडान सुरु

काठमाडौं । थाई एयर एसियाले आइतबार गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बैंकक-भैरहवा उडान सुरु गरेको छ ।

थाई एयर एसियाको एयर बस ३२० बाट आज बिहान सात बजे पहिलो उडान गरेको हो । चालक दलका सात सदस्य पाइलट, को-पाइलट, ईञ्जिनियर र चार जना एयर होस्टेज सहित आएको विमान आधा घण्टापछि बैंकक फर्किएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले बताउनुभयो ।

सोमबारदेखि टिकट बुकिङ खोल्दै अर्को उडान कार्तिक २३ गते बिहान सात बजेर पाँच मिनेटमा गर्ने जनाएको छ । शुक्रबारको उडान बिहान गर्ने तालिका रहेपनि प्रतिकुल मौसमले असर नगरोस् भनेर मध्यान्नमा गर्ने जनाएको छ । २३ गतेपछि भने हप्ताको सोमबार र बिहिबार सवा १२ बजे अवतरण गर्ने तालिका रहेको विमानस्थले जनाएको छ ।

अवतरण गरेको एक घण्टापछि विमान बैंकक प्रस्थान गर्ने छ । कार्तिक २४ देखि हप्ताको तीन दिन जजिराले तथा कार्तिक २५ गतेदेखि फ्लाई दुबईले हप्ताको सातै दिन उडान गर्ने तालिका रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement