कावासोतीमा अलपत्र 'भ्यू टावर'

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कावासोतीमा अलपत्र 'भ्यू टावर'

पूर्वी नवलपरासी । कावासोती नगरपालिका वडा नम्बर-१ बालुवाडाँडामा निमार्ण भएको 'भ्यू टावर' सञ्चालन नहुँदा जीर्ण बन्दै गएको छ । निमार्ण सम्पन्न भएको तीन वर्षसम्म पनि नगरपालिकाले भ्यू टावर सञ्चालन नगर्दा लाखौं रुपैयाँ खर्चिएको संरचना बेहान बनेको हो ।

पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले निमार्ण गरेको टावर कार्यविधि र सञ्चालनको जिम्मा कसलाई दिने भन्ने विषयमा यकिन नहुँदा टावर अहिले अलपत्र अवस्थामा छ । 

 ६८ लाख रुपैयाँ लागतमा ६० फिट अग्लो टावर निर्माण गरिएको छ । पहिरो रोक्नका लागि सोही टावरलाई सुरक्षित बनाउन थप १० लाख समेत लगानी गरिए पनि टावर सञ्चालनमा आएको छैन । संरक्षण नहुँदा भ्यू टावरको संरचना भत्किन लागेको, स्टिलका बार चोरी भएको तथा मदिरा सेवन गर्ने अखडा बन्न थालेको स्थानीयले गुनासो गरेका छन् ।

कावासोती नगरपालिकाले भने भ्यू टावर सञ्चालन गर्नका लागि कार्यविधि निमार्णको चरणमा रहेकाले केही समयमा नै व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement