विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरमा विदेशी पर्यटकलाई स्वागत

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरमा विदेशी पर्यटकलाई स्वागत

भक्तपुर । ४५ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले भक्तपुर भ्रमणमा आएका १४ जना विदेशी पर्यटकहरुलाई स्वागत गरि गरिएको छ ।

नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्र प्रवेश द्वारमा मयुर झ्याल, खादा, भादगाउँले टोपी, परम्परागत थैली साथ भक्तपुर प्रवेश गर्न निशुल्क टिकट वितरण गरेर स्वागत गर्नुभएको थियो ।

भक्तपुर प्रवेश गरेका पर्यटकहरूलाई लाखे प्याखं र जंगली प्याखंको प्रस्तुती समेत देखाइएको थियो । नगर प्रमुख प्रजापतिले नगरपालिकाले पर्यटक लक्षित गतिविधिमा भक्तपुर नपाले जोड दिंदै आएको बताउनुभयो ।

उहाँले नगरभित्रका मूर्त र अमूर्त सम्पदा संरक्षण गर्दै विश्वकै हेर्न र घुम्न लायक आकर्षक गन्तव्यस्थलको रुपमा विकास गरी देश विदेशमा भक्तपुर आकर्षित गर्ने योजनाले काम गर्दै आइरहेको समेत बताउनुभयो ।

कर्यक्रममा अष्ट्रेलियान नागरिक रागबीर कालसी र फिनल्याण्डका ईलका रोईट्टोले भक्तपुर नगरपालिकाले गरेको स्वागतको लागि धन्यवाद ज्ञापन गर्दै नेपाल भ्रमणका क्रममा भक्तपुर घुम्न र यहाँका सम्पदाहरु अवलोकनबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।

भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार आ.व. २०८०/८१ मा मात्र २ लाख ४५ हजार ५९३ जना पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाले १ जनवरी ०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रति पर्यटक १ हजार ८ सय कायम गरी शुल्क सङ्कलन गर्दै आएको हो । सार्क तथा चिनियाँ पर्यटकहरूलाई ५ सय शुल्क सङ्कलन गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठुलो ब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरूबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरूसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement