कपिलवस्तु संग्रहालय अवलोकन गर्ने विदेशी पर्यटक बढे

श्रावण २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कपिलवस्तु संग्रहालय अवलोकन गर्ने विदेशी पर्यटक बढे

काठमाडौं । पुरातात्विक र ऐतिहासिक बस्तु संग्रहित तिलौराकोट स्थित कपिलवस्तु संग्रहालय अवलोकन गर्ने विदेशी पर्यटक बढेका छन् ।

अघिल्लो आथिकवर्ष भन्दा गत आर्थिक वर्षमा संग्रहालय अबलोकन गर्ने २ गुणा बढी विदेशी बढेका हुन् भने स्वदेशी भने घटेका छन् । गत आव ०८१/८२ मा सार्क मुलुकका एक हजार ९९७ र तेस्रो मुलुकका ७ सय ६१ गरि २ हजार ७५८ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका थिए भने अघिल्लो आव ०८०/८१ सार्क मुलुकका ६ सय १३ र तेस्रो मुलुकका ५ सय २४ गरी एक हजार १३७ विदेशीले संग्रहालय आवलोकन गरेका थिए । 

त्यस्तै ०८१/८२ मा नेपाली विद्यार्थी २ हजार ६४२ र स्वदेशी ३ हजार ९ सय ३४ जना अवलोकन गरेका थिए भने ०८०/८१ मा नेपाली विद्यार्थी ३ हजार ५७८ र स्वदेशी ३ हजार ९ सय ४२ जना अवलोकन गरेका थिए । 

भगवान गौतम बुद्ध, उनका पिता र अन्य ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक महत्वका बस्तु संग्रहित छन् । संग्रहालयमा माटाका भाडाकुडा, पालिस गरिएका ग्रे बेयर, एबीपी रेड बेयर, पंचमार्क चाँदीका सिक्का र विभिन्न देव मूर्तिहरू संग्रहित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.