ताप्लेजुङ-काठमाण्डौं हवाई उडान पुनः सुरु

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
ताप्लेजुङ-काठमाण्डौं हवाई उडान पुनः सुरु

ताप्लेजुङ । तीन महिनापछि ताप्लेजुङ-काठमाण्डौं हवाई उडान सुरु भएको छ ।

गत जेष्ठ ११ गते उडान गरेको निगमले त्यसपछि मौसमको कारण देखाएर उडान गरेको थिएन । आज काठमाण्डौंबाट चार र ताप्लेजुङबाट दुईजना यात्रु लिएर जहाज उडेको थियो ।

निगमको ट्वीनेटर जहाजले काठमाण्डौंवाट १३ र ताप्लेजुङवाट १६ जनासम्म यात्रु ओसार्छ । अहिलेको भाडादर भने ९ हजार चार सय रहेको छ । जहाजले बृद्धबृद्धा, बिरामी, पाथीभरा जाने र कञ्चनजंघा जानेलाई राहत हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement