टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित

भाद्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणना अनुसार उहाँले अध्यक्ष पदका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै जित हात पार्नुभएको हो । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतका साथ विजयी हुनुभएको छ । उहाँले पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै जित हात पार्नुभएको हो । यस्तै प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित हुनुभएको छ भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित हुनुभएको छ ।

यस्तै महासचिवमा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा विजयी हुनुभएको छ । उहाँले सापकोटा समुहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गर्नुभएको हो ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा विजयी हुनुभएको छ भने प्रथम उपाध्यक्षमा सापकोटा समुहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी हुनुभएको छ ।

त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित हुनुभयो ।सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित हुनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement