पर्यटन नीति परिवर्तन गर्ने तयारीमा छौं : पर्यटनमन्त्री पाण्डे

भाद्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटन नीति परिवर्तन गर्ने तयारीमा छौं : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताउनुभएको छ ।

सोमबार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औं साधरण सभामा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गर्नुभयो । उहाँले संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, 'सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा छ । संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको छ । त्यसमा पनि निजी क्षेत्रका सुझावहरु आउन् ।’

उहाँले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताउनु भयो । मन्त्री पाण्डेलले मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढाउने प्रतिबद्धता जनाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement