हिमाल आरोहणका लागि ३ सय २९ जनाले लिए अनुमति

भाद्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिमाल आरोहणका लागि ३ सय २९ जनाले लिए अनुमति

काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै ३२ टोलीका ३ सय २९ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार यस सिजनको हिमाल आरोहणबाट अहिलेसम्म ३ करोड ५६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नेको संख्या बढी हुन्छ भने शरद ऋतुको समयमा मनास्लु आरोहण गर्ने धेरै हुने गरेका छन् । अहिले २ सय ९० जनाले मनास्लु, ९ जनाले अन्नपूर्ण तथा १४ जनाले धौलागिरी प्रथमको अनुमति लिएका छन् । यसैबीच विभागले दशैंअघि नै थप २७ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement