संरक्षणको अभावमा इलामको ढापपोखरी

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
संरक्षणको अभावमा इलामको ढापपोखरी

इलाम । इलामको सन्दकपुर ५ जमुनास्थित ढापपोखरी संरक्षणको अभावमा छ । ५० रोपनीभन्दा धेरै क्षेत्रमा जलाशय रहेको यो पोखरी व्यवस्थापनकालागि स्थानीयले माग गरेका छन् ।

चन्द्रपाल थेवे ढापसिमसार संरक्षण तथा पर्यटन विकास समितिमार्फत संरक्षणको काम भए पनि आवश्यक स्रोतको अभावमा समितिले थप काम अघि वढाउन सकेको छैन । कोभिडभन्दा अघि पर्यटककालागि डुंङ्गासमेत सञ्चालनमा रहेपनि अहिले वन्द भएको छ ।

सम्बन्धित पालिका र अन्य सरोकारवाला निकायसाग पोखरीको संरक्षण गर्दै पर्यटक आर्कषण गर्न पूर्वाधार विकाससहितका कार्यक्रम ल्याउनु पर्ने स्थानीयको माग छ ।

पोखरीको पूर्वी मोहोडाको ड्यामलाई थप मजबुत पार्ने, पोखरीको बीचमा रहेको माटोको डााडामा पार्क निर्मार्ण, पोखरीकोबीचमा पानीको फोहोरा फाल्ने, पोखरी वरिपरिको रिङरोड व्यवस्थापन र ड्रेन निर्माण लगायतका काम गर्नु पर्ने आवश्यक्ता रहेको स्थानीय बताउाछन् । इलाम सदरमुकामवाट २५ किलोमिटर उत्तरमा रहेको ढापपोखरी क्षेत्रमा होमस्टे विस्तारको क्रमसमेत सुरु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement