गण्डकीमा विदेशी पर्यटकको बसाइ घट्यो

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
 गण्डकीमा विदेशी पर्यटकको बसाइ घट्यो

कास्की । गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ छोटिएको छ । राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको अध्ययनले गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकको बसाइ अवधि घटेको देखाएको हो ।

नेपाल आउने विदेशी पर्यटकको औसत बसाइ २२ दिन रहे पनि गण्डकी प्रदेश घुम्ने पर्यटकको बसाइँ घटेर १२ दिनमा झरेको अध्ययनले देखाएको छ । प्रतिवेदनले पर्यटकीय गतिविधि थप गर्नुका साथै पूर्वाधार विकास गरी बसाइ अवधि लम्ब्याउन सकिने सुझावसमेत दिएको छ ।

पर्यटकको बसाइ घट्नुमा पदमार्गहरूमा सडक विस्तार, सुरक्षाको अनुभुति नहुनु, प्रभावकारी सूचना प्रणाली अभावलगायत समस्या औँल्याइएको छ । प्रतिवेदनमा प्रदेश भ्रमण गर्ने पर्यटकको औसत दैनिक खर्च ८ हजार ३ सय ५५ रुपैयाँ रहेको उल्लेख छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement