फालेलुङका उदय सगरमाथाको चुचुरोमा

जेष्ठ ६, २०८१ |लक्ष्मी गौतम
फालेलुङका उदय सगरमाथाको चुचुरोमा

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ३ का ३३ वर्षीय उदय केरुङले सगर विश्वको अग्लो हिमाल सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले आइतबार (आज) बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

यसअघि यसअघि ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसक्नुभएका केरुङ यस पटक 'एट के एक्सपेन्डिचर' नामक ट्रेकिङ कम्पनी मार्फत सगरमाथाको आरोहणमा जानुभएको थियो । गत बिहीबार मध्यराति आधार शिविरबाट आरोहण दलका २२ जना सदस्य सँगै उहाँ सगरमाथा चुचुरो तर्फ प्रस्थान गर्नुभएको थियो । आरोहण दलमा सहभागीमध्ये अधिकांशले बिहान ७ बजेभित्र सगरमाथाको सफल आरोहण गरिसकेको एक्सपेन्डिचर कम्पनीका व्यवस्थापक पेम्बा शेर्पाले जानकारी दिनुभएको छ ।

आधार शिविरमा पुग्नुभएका केरुङले फालेलुङ गाँउपालिकाको लोगो अंकित झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराउनु भएको थियो । ‘प्रतिकुल मौसम बावजुद पनि शेर्पासहितको आरोहण दलले सफलतापूर्वक सगरमाथाको चुचुरो चुम्यो खुसी लागेको छ,' शेर्पाले भन्नुभयो । 


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।