एक महिनामा भित्रिए १ लाख २८ हजार पर्यटक, चीनबाट आउने बढे

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
एक महिनामा भित्रिए १ लाख २८ हजार पर्यटक, चीनबाट आउने बढे

काठमाडौं । नेपालमा एक महिनामा एक लाख २८ हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को मार्चमा एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल आएका हुन् ।

यो सन् २०२३ को तुलनामा ३० प्रतिशत र सन् २०१९ को तुलनामा १ प्रतिशतले बढी हो । सन् २०१९ मा एक लाख २७ हजार ३५१ र सन् २०२३ मा ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल आएका थिए ।

मार्चमा सबैभन्दा बढी भारतीय ३० हजार ६९८ पर्यटक नेपाल घुम्न आएका थिए । त्यस्तै दोस्रोमा चीनबाट १२ हजार ९३, अमेरिकाबाट १० हजार ७६३, जर्मनीबाट ५ हजार २५५ पर्यटक नेपाल घुम्न आएका थिए ।

वृद्धिदरमा सबैभन्दा बढी चीनको छ । मार्चमा चीनबाट नेपाल घुम्न आउने पर्यटक वृद्धिदर ३५८ प्रतिशत छ । गत वर्षको मार्चमा दुई हजार ६३५ चिनियाँ पर्यटक नेपाल घुम्न आएकामा यस वर्षको मार्चमा भने १२ हजार ९३ जना घुम्न आएका छन् । तर अस्ट्रेलिया, पाकिस्तान र इजरायलबाट नेपाल आउने पर्यटकको संख्या तुलनात्मक रुपमा घटेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement